स्वास्थ्य बीमाको नयाँ आवद्धता र नवीकरण अब अनलाइनबाटै, डिजिटल कार्ड पनि पाइने
techpana.com · Fri Aug 14 13:23:30 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आवद्धता, नवीकरण र केवाईसी अपडेट गर्ने कार्यका लागि अनलाइन प्रणाली सुरु गरेको छ । बोर्डले शुक्रबारदेखि औपचारिक रूपमा eportal.hib.gov.np मार्फत यी सेवा प्रदान गर्न थालेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा गत २२ साउन मा प्रणालीको अन्तिम तयारी र कार्यान्वयन सम्बन्धी कार्य सम्पन्न गरिएको थियो । बोर्डका अनुसार ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आवद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)