मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल र चीनबीच द्विपक्षीय वार्ता आज

ekantipur.com · Mon Sep 25 00:22:31 GMT 2023

काठमाडौँ — चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार तथा बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा प्रस्ताव गर्ने सम्भावना छ ।

औद्योगिक पार्क निर्माणका विषयमा पनि चिनियाँ पक्षसँग वार्ताको एजेन्डा छ । प्रधानमन्त्री दाहालले आइतबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट र चीनसँग हुने सम्भावित साझेदारी एवं सम्झौता हुने क्षेत्रका विषयमा बोलेका थिए । हाङचउ सहरमा शनिबार चिनियाँ राष्ट्रपति सीसँगको बैठकपछि प्रधानमन्त्री दाहाल आइतबार बेइजिङ पुगेका हुन् । दाहाल र छ्याङबीचको भेटवार्तामा सोमबार व्यापारिक सन्धि पुनरावलोकन, नेपालमा लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत मुद्दामा छलफल हुने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)