विपद्, निराशा र आशाबीच विजया दशमी
nepalviews.com · Fri Oct 16 03:15:44 GMT 2026

नेपालीहरूको महान् चाड बडादसैँ अर्थात् विजया दशमी हाम्रो घरआँगनमा भित्रिने क्रममा छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने दसैँ नेपाली समाजको सांस्कृतिक, धार्मिक र सामाजिक जीवनसँग गहिरोसँग जोडिएको पर्व हो । यो केवल देवी दुर्गाको आराधना, टीका र जमरामा सीमित चाड होइन, आपसी सद्भाव, पारिवारिक पुनर्मिलन, सामाजिक एकता र नयाँ आशाको सञ्चार गर्ने अवसर पनि हो । तर यस वर्षको दसैँ विगतका वर्षहरूजस्तो सहज र उल्लासमय छैन । प्राकृतिक विपद्ले दिएको पीडा, आर्थिक कठिनाइले बढाएको चिन्ता र राजनीतिक परिवर्तनपछि पनि अपेक्षित सुधार हुन नसकेको अनुभूतिले नेपाली समाजलाई गम्भिर बनाएको छ ।
यस वर्ष नेपालले भोटेकोशीको विनाशकारी बाढी, देशका विभिन्न भागमा गएको बाढीपहिरो र बूढीगण्डकी नदीमा आएको बाढीजस्ता विपद् व्यहोरेको छ । यी विपद्ले जनधनको क्षति मात्रै गरेका छैनन्, सयौँ परिवारको जीवनयापन, रोजगारी, आवागमन र भविष्यप्रतिको भरोसामाथि समेत गहिरो चोट पुर्याएका छन् । कतिपयका घरबार उजाडिएका छन्, कतिपयको जीविकोपार्जनको आधार गुमेको छ भने कतिपय परिवार अझै सामान्य जीवनमा फर्कन संघर्षरत छन् । यस्तो अवस्थामा दसैँको खुसी सबैका लागि समान हुन सक्दैन । कसैका घरमा टीका र जमराको तयारी चलिरहँदा कसैका लागि सुरक्षित बास, गाँस र परिवारको पुनःस्थापना नै सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)