कांग्रेस विवादमा देउवाको पुनः ‘इन्ट्री’, बढाए सक्रियता
ekantipur.com · Sun Nov 16 17:31:21 GMT 2025

काठमाडौँ — महाधिवेशनको मुद्दाले ध्रुवीकृत बन्दै गएको कांग्रेसको विवाद मिलाउन सभापति शेरबहादुर देउवा आफैं सक्रिय भएका छन् । आइतबार बिहानैदेखि भेटघाट सुरु गरेका देउवाले फरक–फरक विचार समूहका नेताहरूसँग धारणा बुझ्ने र समाधानका उपाय पहिल्याउन आफूनिकट नेताहरूलाई परिचालन गर्ने कामसमेत गरेका छन् ।
सिंगापुरमा उपचार गराएर शुक्रबार स्वदेश फर्केदेखि नै पार्टीको विवाद समाधानमा सक्रिय बनेका देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग निरन्तर संवादमा छन् । त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस नेता शेखर कोइराला, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशरण महत, रमेश लेखक लगायतका नेताहरूसँग पनि देउवाले छुट्टाछुट्टै कुराकानी गरेका थिए । धेरैजसो नेतासँग भेटेरै र कतिपय नेताहरूसँग टेलिफोनमा उनले संवाद गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)