माओवादी केन्द्रको गोरखा इञ्चार्जमा तमु
ratopati.com · Wed Feb 22 23:33:00 GMT 2023
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इञ्चार्जमा अमर तमुलाई जिम्मेवारी तोकिएको छ । तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
यसअघि जिल्ला इञ्चार्ज रहेका नेता कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित भएपछि गोरखा जिल्लामा इञ्चार्ज खाली भएको थियो । सभामुख धितालले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएपछि केन्द्रीय सदस्यसमेत रहेका सहइञ्चार्ज तमुलाई पार्टीले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)