मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तरकारीहरूमा हानिकारक विषादीको मात्रा उच्च भेटियाे

barnanmedia.com · Thu Oct 09 23:29:22 GMT 2025

।तरकारीहरूमा हानिकारक विषादीको मात्रा उच्च भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको नियमित कीटनाशक अवशेष परीक्षणमा बजारमा बिक्रीवितरणका लागि आएका केही तरकारीमा हानिकारक विषादीको मात्रा उच्च भेटिएको हो । समितिका अनुसार धादिङ, मकवानपुर, दोलखा, नुवाकोट, भक्तपुर र सर्लाहीबाट कालीमाटीमा भित्रिएका विभिन्न १५ वटा तरकारीका नमुनामध्ये तीनवटा नमुना उपभोगका लागि अयोग्य ठहरिएका छन् ।

मकवानपुरका चक्रवीर तामाङको हरियो फर्सीमा अर्गानोफस्फेट समूहको ४५.५९८ भाग भेटिएको छ भने धादिङका राजेन्द्रप्रसाद कानुको घिरौलामा अर्गानोफस्फेटको मात्रा ६५.०३० भेटिएको छ । त्यस्तै, काँक्रोमा ५२.९२१ पाइएको छ । उल्लेखित दुवै नमुना उपभोगका लागि अयोग्य ठहर गर्दै समितिले बजारमा वितरणमा रोक लगाएको छ । तर, अन्य १२ नमुनाहरू भने निर्धारित मापदण्डभन्दा कम स्तरको विषादी अवशेषमात्र भेटिएकाले उपभोग योग्य रहेको समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)