उठीबासले खोस्यो दसैंको खुसी : सुकुम्बासीलाई गाँस र बासकै चिन्ता
annapurnapost.com · Fri Oct 16 03:44:54 GMT 2026

काठमाडौं : दसैं आउँदा धेरैका घरमा खुसी, उमंग र उल्लास छाउँछ। नयाँ लुगा किन्ने, मीठो—मसिनो खाने र परिवारसँग चाड मनाउने तयारी हुन्छ। तर, गत वैशाखमा सरकारले बस्तीबाट हटाएपछि विस्थापित भएका सुकुम्बासीका लागि भने यसपालिको दसैंमा न उमंग छ, न उत्साह। घर गुमेपछि भाडाको कोठामा गुजारा चलाउन संघर्ष गरिरहेका उनीहरूलाई चाडपर्वको खुसीभन्दा दैनिक खर्च, घरभाडा, ऋणको किस्ता र बिरामीको उपचार कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ। बालबालिकालाई नयाँ लुगा किनिदिने र मीठो—मसिनो खुवाउने चाहना हुँदाहुँदै पनि आर्थिक अभावले उनीहरूको दसैं आँसु र निराशाबीच बित्ने भएको छ।
‘यसपालिको दसैं त मनाउने अवस्था नै छैन,’ धन ब्लोन भन्छिन्, ‘घर पनि छैन, पैसा पनि छैन, केही पनि छैन।’ शंखमूलस्थित बस्तीबाट सरकारले उठीबास गराएपछि उनी अहिले त्यही क्षेत्रमा कोठा भाडामा लिएर बसिरहेकी छन्। परिवारमा श्रीमान् बिरामी छन्। औषधोपचारको खर्च जुटाउनुपर्छ। छोराले सामान्य काम गरेर कमाएको पैसाले कोठाभाडा र खानपानको खर्च धान्नुपर्छ। उनले सञ्चालन गरेको पसलमा पनि उधारो लगेको पैसा नउठ्दा आर्थिक समस्या थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)