मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुलहमसँग हारेपछि एस्टन भिल्लाद्वारा जेरार्ड बर्खास्त

ekantipur.com · Fri Oct 21 00:55:34 GMT 2022

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला बिहीबार फुलहमको हातबाट ३–० ले पराजित भएको छ । यस नतिजालगत्तै भिल्लाले आफ्ना व्यवस्थापक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ ।

यो खेलको नतिजापछि भिल्ला ११ खेलबाट नौ अंकमा १७ औं स्थानमा रह्यो । फुलहम भने १५ अंकसहित नवौं स्थान पुगेको छ । उसका लागि हारिसन रिड र एलेक्जान्डर मिट्रोभिचले एक एक गोल गरे । अर्को गोल आत्मघाती रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)