मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रोमानियाको ब्ल्याक सागर तटमा दुई ट्यांकरमा आगलागी, सातजना बेपत्ता

kendrabindu.com · Fri Oct 16 04:02:17 GMT 2026

काठमाडौं । ब्ल्याक सागरमा बिहीबार राति रासायनिक पदार्थ बोकेको ट्यांकरमा भीषण आगलागी हुँदा चालक दलका सात सदस्य बेपत्ता भएका छन् । रोमानियाली अधिकारीहरूले उनीहरूको खोजी तथा उद्धारका लागि अभियान सुरु गरेको बताइएको छ ।

सोही क्षेत्रमा केही घण्टाअघि अर्को ट्यांकरमा पनि आगलागी भएको थियो । उक्त जहाजका सबै चालक दलका सदस्य भने सुरक्षित रहेको बताइएको छ । रोमानियाको हवाई क्षेत्रमा रुसी ड्रोन प्रवेश गरेलगत्तै यी घटना भएका हुन् । यद्यपि, आगलागीमा ड्रोनको संलग्नता रहेको वा नरहेकोबारे अधिकारीहरूले पुष्टि गरेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)