मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र अध्यापन कलेजबिच नाटक घरको प्रतिस्पर्धा

rajdhanidaily.com · Fri Jun 26 03:52:05 GMT 2026

काठमाडौं । पछिल्लो समय काठमाडौँमा भएका चलचित्र अध्यापन सम्बन्धी कलेजहरूले आफ्ना विद्यार्थीहरूका लागि लक्षित गरेर नाटक घर सञ्चालन गर्दै आएका छन् । यस्ता नाटक घरमा व्यावसायिक रूपमा एकपछि अर्को नाटक मञ्चन हुँदै आएको छ । जसका कारण कलेजका यी नाटक घरसँगै काठमाडौँमा रहेका आधा दर्जन व्यावसायिक नाटक घरहरूबिच प्रतिस्पर्धा हुन थालेको छ ।

यसै क्रममा काठमाडौँको गैरीधारामा रहेको कान्तिपुर फिल्म एकेडेमीले व्यावसायिक नाटक मञ्चनसहित ‘कान्तिपुर थिएटर’ सञ्चालन गर्दै आएको छ । सो एकेडेमीले आफ्नो थिएटरमा विगत एक वर्षबाट नियमित नाटक मञ्चन गर्दै आएको हो । सो थिएटरमा दुई दिन अघि मात्र नाटक ‘महाभारत’ मञ्चन सम्पन्न भयो । अहिले त्यहाँ अर्को नयाँ नाटक ‘सेतो धर्ती’को तयारी हुँदै छ । यो नाटक यसै हप्ताबाट त्यहाँ मञ्चन हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)