नवरात्रको छैठौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै
nagariknews.nagariknetwork.com · Fri Oct 16 04:01:36 GMT 2026

आज शारदीय नवरात्रको छैठौँ दिन। मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज दशहारा (बडादसैँ) पर्वको जारी नवरात्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ।
नवरात्रको छैठौँ दिन अर्थात् षष्टी तिथिमा यो विधि सम्पन्न गर्ने मैथिल परम्परा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले बताए। उनका अनुसार पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि गरिने चलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)