मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

nagariknews.nagariknetwork.com · Fri Oct 16 04:14:21 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्।

पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ। यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो। अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)