मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चाहिनेभन्दा दोब्बर नुन उपभोग

gorkhapatraonline.com · Tue Sep 20 00:34:30 GMT 2022

काठमाडौँ, असोज ४ गते । नेपाली उपभोक्ताले शरीरलाई आवश्यक पर्नेभन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्ययनबाट आयोडिनयुक्त नुन उपभोग धेरै भइरहेको देखाएको हो।

एउटा प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्नेमा अध्ययनमा सहभागीमध्ये ७०.८ प्रतिशतले प्रत्येक दिन ९.१ ग्राम नुन उपभोग गर्ने गरेको पाइएको छ भने २९.२ प्रतिशतले दैनिक १० ग्राम आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइयो। सो अध्ययन समूहका अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले नेपालीको डब्लुएचओले तोकेको मापदण्डभन्दा दोब्बर आयोडिनयुक्त नुन उपभोग गर्ने बानीले स्वास्थ्यमा समस्या बढेको दाबी गर्नुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)