मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मटिहानीमा नयाँ रंगशाला

nayapatrikadaily.com · Tue Nov 23 00:48:00 GMT 2021

राष्ट्रपति विद्या भण्डारीले मटिहानीमा नवनिर्मित मटिहानी रंगशालाको उद्घाटन गरेकी छिन् । रंगशाला उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नवनिर्मित रंगशालाले यस क्षेत्रकै खेलकुद विकासमा सहयोग पुर्‍याउने बताइन् । उनले यस क्षेत्रका युवा, किशोरकिशोरी र विद्यार्थीको खेलप्रति देखाएको आकर्षणलाई रंगशाला निर्माणले अझै उत्साह बढाउने बताइन् । राष्ट्रपति भण्डारीले मटिहानी जनक सभ्यताद्वारा प्रशिक्षित भूमि रहेको र प्राचीनकालदेखि नै तपोभूमिका रूपमा प्रसिद्ध रहेको जनाइन् ।

उनले भनिन्, ‘यो भूमि ऋषिहरूको ज्ञान, विवेचना र मिमांसाको महत्वपूर्ण थलो हो । अष्टवक्र, गार्गी, याज्ञवलक्य र मैत्रीजस्ता विद्वान् विदुषीहरूले यो भूमिमा साधना गरेको इतिहास छ ।’ यस्तै यही क्षेत्रमा रहेको तीन सय वर्ष लामो विगत बोकेको संस्कृत विद्यालयले देशमै शिक्षा क्षेत्रमा ज्योति छर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)