मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकीको बाढीले म्याग्दीको प्रसिद्ध तातोपानी कुण्ड बगायो, करोडको संरचना ध्वस्त

tourismface.com · Fri Oct 16 04:54:20 GMT 2026

म्याग्दी — कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, रातोपानीस्थित प्रसिद्ध प्राकृतिक तातोपानी कुण्ड बगरमा परिणत भएको छ। प्राकृतिक उपचार, स्नान र पर्यटनका लागि परिचित कुण्डका संरचना बाढीले बगाएपछि यसको पुरानो अस्तित्व नै समाप्त भएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कुण्डका भौतिक संरचना बगाएको हो। बाढीबाट कुण्ड संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब एक करोड रुपैयाँभन्दा बढीको लगानीमा क्षति पुगेको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)