मैत्रीपूर्ण फुटबलमा युएई विजयी
neplays.com
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा युएई विजयी भएको छ । शनिबार अबुदावीमा भएको मैत्रीपूर्ण फुटबलमा किर्गिजस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
गोलरहित बराबरीतर्फ उन्मुख खेलमा युएईले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा युएईका अलि मबखौतले निर्णायक गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)