मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीयको श्रमदानबाट लाङटाङ पदमार्ग मर्मत, पर्यटन पुनरुत्थानको आशा

tourismface.com · Fri Oct 16 05:02:45 GMT 2026

रसुवा — बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको रसुवाको प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ जाने पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ। स्थानीयले श्रमदान गरेर जोखिमयुक्त क्षेत्रमा पदमार्ग सुधार गरेपछि लाङटाङको पदयात्रा पर्यटनलाई पुनः गति दिने आशा बढेको छ।

गोसाइँकुण्ड गाउँपालिका–४ का बासिन्दाले पहिरोभन्दा माथि र रिमिचेभन्दा तलका क्षतिग्रस्त स्थानमा मर्मत कार्य सम्पन्न गरेका हुन्। वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयको प्रत्यक्ष सहभागितामा पदमार्गका मुख्य क्षतिग्रस्त क्षेत्र सुधार गरिएको छ। यसले पर्यटक तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन सहयोग पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)