मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

kendrabindu.com · Fri Oct 16 05:09:55 GMT 2026

काठमाडौं । नबिल बैंकले एनबैंक एपबाट प्राप्त गरी फोनपे मर्चेन्ट क्यूआरमा भुक्तानी गर्न सकिने ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि उपलब्ध सेवामार्फत योग्य ग्राहकले मोबाइल बैंकिङ एपबाटै क्रेडिट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार आफ्नै तथ्यांकमा आधारित विश्लेषणात्मक प्रणालीबाट योग्य ग्राहकलाई पूर्वस्वीकृत गरिएको छ। त्यस्ता ग्राहकको एनबैंक एपको होमपेजमा ‘अप्लाइ नाउ’ विकल्प देखिनेछ। सोही विकल्पबाट आवेदन दिएर भर्चुअल कार्ड प्राप्त गर्न सकिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)