मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरका युवा स्वयंसेवक शिक्षकद्वारा तलब वृद्धि र सेवा सुविधा थप्न माग

news24nepal.tv · Fri Oct 16 05:24:06 GMT 2026

काठमाडौँ . भरतपुर महानगरपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत युवा स्वयंसेवक शिक्षकहरूले तलब वृद्धि तथा सेवा सुविधा थप गर्न माग गरेका छन् । युवा स्वयंसेवक शिक्षक समूहले महानगरपालिकाका प्रमुखलाई निवेदन पेस गर्दै न्यून पारिश्रमिकमा काम गर्नुपरेको र बढ्दो महँगीका कारण दैनिक जीवनयापनमा कठिनाइ भइरहेको भन्दै आफ्नो माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

शिक्षकहरूले विद्यालयमा अध्यापन गराउने जिम्मेवारी निर्वाह गर्दै आए पनि हाल प्राप्त गर्दै आएको पारिश्रमिक कार्यभार र समर्पणको तुलनामा न्यून रहेको निवेदनमा उल्लेख गरेका छन् । बढ्दो महँगी र जीवनयापनको खर्चलाई ध्यानमा राख्दा वर्तमान पारिश्रमिक पर्याप्त नभएको उनीहरूको भनाइ छ । शिक्षा क्षेत्रमा योगदान दिँदै आएका शिक्षकहरूलाई उचित पारिश्रमिक र सेवा सुविधाबाट वञ्चित गरिनु न्यायोचित नहुने भन्दै उनीहरूले महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)