मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनएमए पूर्वअध्यक्ष डा. झा कांग्रेस केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी

swasthyakhabar.com · Fri Oct 16 05:22:40 GMT 2026

काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) का पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएका छन्। उनी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेश प्रदेश भूगोलतर्फ खुला समूहबाट पहिलो नम्बरमा निर्वाचित भएका हुन्।

डा. झाले ४ हजार ५०० भन्दा बढी मत प्राप्त गरेको बताइएको छ। उनीसँगै निर्वाचित हुने अन्य उम्मेदवारले २ हजारभन्दा कम मत पाएको जनाइएको छ। यससँगै मधेश प्रदेश भूगोलतर्फ उनको मतान्तर उल्लेखनीय देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)