अवैध कारोबारले कोरला नाकाको छवि धुमिल
gorkhapatraonline.com · Tue Jun 09 06:09:40 GMT 2026

चीनको स्वायत्त क्षेत्र तिब्बतको झोङ्बा काउन्टीबाट लिजी–नेचुङ (कोरला) नाका हुँदै भित्रिएका विद्युतीय (ईभी) सवारीसाधन सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट नियन्त्रणमा लिएपछि मुस्ताङ भन्सार कार्यालयका कर्मचारीमाथि निगरानी बढाइएको छ। संघीय सरकार र भन्सार विभागमा समेत यस विषयले व्यापक चर्चा पाएको छ।
भन्सार कार्यालयबाट जाँचपास भएका बीवाईडी ब्रान्डका ७७४ वटा ईभी गाडी भन्सार छलीको आशंकामा सशस्त्र प्रहरी बल मुख्यालयको निर्देशनमा मुस्ताङस्थित नं. ३३ गुल्म, म्याग्दीको गलेश्वर गुल्म, पर्वतको नं. २५ चण्डिका गण तथा कास्कीको नं. २४ कालिका गणले नियन्त्रणमा लिएपछि भन्सार कार्यालयका कर्मचारीमाथि विभागीय अनुसन्धान सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)