काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा: उद्धार, हेरचाह, औषधोपचार र पुनस्स्थापना जारी रहने
nepalbahas.com · Tue Jun 09 06:07:22 GMT 2026

काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा: उद्धार, हेरचाह, औषधोपचार र पुनस्स्थापना जारी रहने
२६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्दै यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेको हो ।
यसपछिका दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीहरुको व्यवस्थापन कार्यमा सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौता पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोलले नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका हुन् ।
‘बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगरका क्षेत्र घोषणा २०८३ को कार्यान्वयन सुनिश्चितताका निमित्त आवश्यक पूर्वाधारहरू खडा गर्न, संयन्त्र विकास गर्न, सम्बन्धित कार्यालय, निकाय तथा स्थानहरूमा घोषणा सम्बन्धी सूचनाहरू सम्प्रेषण गर्न हामी प्रतिवद्धता व्यक्त गर्दछौँ,’ हस्ताक्षरकर्ताहरुले संयुक्त प्रतिवद्धता जनाएको छ ।
घोषणा तथा घोषणा कार्यान्वयन सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौंलाई सांस्कृतिक सहरसँगै मानवतामा आधारित सहरको पहिचानका रुपमा स्थापित गराउने कामप्रति थप जिम्मेवार हुन सडक सहयोगापेक्षी मानवमुक्त काठमाडौं घोषणा गरिएको बताइन् ।
‘हामीले विगत ९ वर्षदेखि निरन्तर काम गरिरहेका छौँ । र, भविष्य यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेछौँ ।’ डंगोलले भनिन्, ‘आजसम्म सहरमा देखिएका भेटिएका सबै सहयोगापेक्षीहरुलाई उद्धार गरेका छौँ । भोलि कोही सडकमा यसै गरी देखिनुभयो भने, भेटिनुभयो भने तत्काल उद्धार तथा पुनःस्थापनाका लागि संयन्त्र परिचालन गर्नेछौँ ।’
समारोहमा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसअघि जे हुनुपथ्र्यो, त्यो हुन नसकेको बताउँदै मानवता प्रवर्द्धनमा अब कमजोरी हुन दिनु नहुने बताए । उनले विगतको प्रायश्चितलाई आगामी दिनमा गरिने कर्मबाट पूरा गर्ने धारणा व्यक्त गरे ।
स्थानीय तह
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
जेठ २१, २०८३ बिहिबार
काठमाडौं महानगरले लिएको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
जेठ १८, २०८३ सोमबार
घरघरमा राहदानी पुर्याउने कार्यको थालनी
जेठ १५, २०८३ शुक्रबार
नेपालबहस ट्रेन्डिङ
आईजीपी कार्कीको कमाण्ड क्षमतामा प्रश्न !
नेपालबहस संवाददाता
जेठ २३, २०८३ शनिबार
लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ‘पुरानो भारी नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइ पनि विवादमा
नेपालबहस संवाददाता
जेठ २५, २०८३ सोमबार
मोबाइलसँगै नष्ट भए जन्मदर्ता र सम्झना, अभिभावकको पुकार नसुन्ने सिरहाका अधिकारीमाथि कारबाहीको माग
नेपालबहस संवाददाता
जेठ २३, २०८३ शनिबार
दीपक भट्ट र सुलभ अग्रवालसहित ४६ जनाविरुद्ध आज ६ वटा मुद्दा दर्ता हुने
नेपालबहस संवाददाता
जेठ २५, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ‘पुरानो भारी नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइ पनि विवादमा
जेठ २५, २०८३ सोमबार
२
वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, मेयर पद निलम्बित
जेठ २५, २०८३ सोमबार
३
प्लान्ट क्वारन्टाइनका हाकिमको वाईसीएल मोह ! केरा आयात बन्द, अवैध कारोबार खुला !
जेठ २५, २०८३ सोमबार
छुटाउनुभयो कि?
काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा: उद्धार, हेरचाह, औषधोपचार र पुनस्स्थापना जारी रहने
जेठ २६, २०८३ मंगलबार
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
जेठ २६, २०८३ मंगलबार
एक दशक बितिसक्दा पनि सम्पन्न भएनन् बल्खु, सानेपा र महालक्ष्मीस्थानका निर्माणाधीन आकासे पुल
जेठ २६, २०८३ मंगलबार
जमलको फुटपाथमा क्षति पुर्याएको भन्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेजमाथि १ लाख जरिवाना
जेठ २६, २०८३ मंगलबार
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
जेठ २६, २०८३ मंगलबार
मोबाइल बैंकिङबाटै १० लाखसम्म कर्जा लिन सकिने
जेठ २६, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)