एनएमबि बैङ्कद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर पीटूपी) सेवाको सुरुवात
hamrakura.com · Tue Jun 09 00:00:00 GMT 2026
काठमाडौँ। एनएमबि बैङ्क लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल पीटूपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुने बैङ्कले जनाएको छ।
यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन्। अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबि बैङ्कमा रहेको तपाईँको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ। पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैङ्क खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन। बैङ्कले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना (भीपीए) बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)