मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

khabarhub.com · Fri Oct 16 05:53:15 GMT 2026

काठमाडौं – नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज बनाउन ‘ नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । यही असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिने भएको हो ।

बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू पूरा गर्नुपर्ने आवश्यकता बिना नै एनबैंक एपको होमपेजमा रहेको ‘अपलाइ नाउ’ अप्सनमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन तथा प्राप्त गर्न सक्नेछन् । साथै दैनिक आवश्यक विभिन्न डिजिटल कारोबारहरूमा यसको प्रयोग गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)