उत्पादन बढ्यो, मूल्य घट्यो; केराको बजारमा किसान निराश
bishowkhabar.com · Fri Oct 16 05:51:35 GMT 2026

काठमाडौं – चितवनका केरा किसानले बारीबाट प्रतिकोसा तीनदेखि चार रुपैयाँमा बिक्री गरिरहेको केरा उपभोक्ताले बजारमा प्रतिकोसा १० रुपैयाँसम्म तिर्नुपरेको छ । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्थाले कृषि बजारमा बिचौलियाको भूमिका र मूल्य निर्धारण प्रणालीमाथि प्रश्न उठाएको छ ।
बडादसैँ नजिकिँदै गर्दा केरा उत्पादक किसानले मूल्य नपाएको गुनासो गरिरहेका छन् । बजारमा भने केराको खुद्रा मूल्य किसानले पाउने मूल्यभन्दा निकै बढी छ । किसानबाट सस्तोमा खरिद गरिएको केराको मूल्य उपभोक्तासम्म पुग्दा बढ्ने गरेको भए पनि त्यसको लाभ उत्पादकले पाउन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)