मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाद्य कम्पनीको सीईओ नियुक्तिको सिफारिसमा चलखेल भएको आरोप

ratopati.com · Fri Oct 16 06:06:20 GMT 2026

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया योग्यता र क्षमताभन्दा राजनीतिक पहुँच र स्वार्थबाट प्रभावित भएको आरोप लागेको छ ।

कम्पनीका पूर्वसीईओ तथा फेरि सोही पदको प्रतिस्पर्धामा रहेका रमेश आचार्यले नियोजित रूपमा आफ्नो नाम सिफारिस सूचीबाट हटाइएको दाबी गरेका हुन् । आफ्नो अघिल्लो कार्यकालमा कम्पनी सुधारका लागि काम गरेको र फेरि पनि सरकारी स्वामित्वको कम्पनीलाई सुधारको बाटोमा लैजानुपर्ने स्पष्ट भिजन हुँदाहुँदै पनि सिफारिस सूचीबाट आफ्नो नाम हटाइएको भन्दै आचार्यले असन्तुष्टि व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)