मन्त्री खड्काको घर अझै टहरामा, मनमा गाउँ बनाउने सपना
kalakarmi.com · Fri Oct 16 06:29:45 GMT 2026

सुर्खेत- रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ९ मा रहेको एउटा अस्थायी टहरा । टहरामुनि राखिएका दुईवटा प्लास्टिकका कुर्सी । घरबाहिर ढुङ्गाको थुप्रोमाथि राखिएका स्वर्गीय बुबा, आमा र दाजुका तस्बिर । न भव्य घर छ, न पर्याप्त बस्ने ठाउँ, न त सहज जीवनयापनका लागि आवश्यक सबै सुविधा । यही हो कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको जन्मघर ।
मन्त्री बनेपछि पहिलोपटक जन्मघर फर्किएकी खड्कालाई स्वागत गर्न कुनै भव्य भवन तयार थिएन । बरु, ०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले भत्काएको घरका अवशेष र त्यसपछि बनाइएको अस्थायी टहराले उनको विगत र वर्तमान सम्झाइरहेका थिए । भूकम्पले घर पूर्ण रूपमा क्षति गरेपछि उनको परिवार अस्थायी आवासमा बस्न बाध्य भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)