मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंको शुभकामना दिँदै पूर्वराजाले भने- राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं

annapurnapost.com · Fri Oct 16 06:22:08 GMT 2026

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन्। यस वर्षको वर्षायाम नेपालीका लागि सुखद नरहेको बताउँदै उनले भोटेकोशीमा आएको बाढी,अविरल वर्षा तथा दसैंको मुखमा आएको बुढीगण्डकीको बाढीले विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको बताएका छन्।

प्राकृतिक विपद्बाट उत्पन्न दुःख र पीडालाई न्यूनीकरण गर्न पूर्वतयारी तथा सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उनले प्रकृतिको सन्तुलन र संरक्षणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। विपद्का कारण उत्पन्न हुने समस्यासँग जुध्न सही शक्ति र सद्बुद्धिको प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनयात्रा अघि बढाउनुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)