तुलसीपुर बजारको फोहोर गाउँमा, उपमहानगरको बेवास्ता
thahakhabar.com
दाङ : तुलसीपुर उपमहानगरपालिका-६ चाँदनी टोलका गणेश रेग्मीलाई आफ्नो घरअगाडि थुप्रिएको फोहोर देख्दा लाज लाग्छ। तर, त्यो फोहोर उनले फालेका हैनन्। तुलसीपुरको पातुखोलाबाट सिँचाइका लागि ल्याएको कुलोबाट उक्त फोहोर आएर उनको घरअगाडि मात्र नभएर टोलैभरि असरल्ल छ।
बर्खा होस् वा हिउँद पानी परेपछि यसरी नै कुलोले फोहोर बगाएर ल्याउने भएकाले आफूहरूले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएको उनले बताए। उनले भने, ‘यो फोहोरले गर्दा हामीलाई धेरै लाज लाग्ने गरेको छ। हामीले गरेको फोहोर होइन्। बजारकाले फोहोर कुलोमा फाल्दा हामीले यसरी समस्या भोग्दै आएका छौँ। घरमा कोही पाहुना आउँदा हामीलाई लाज मर्नु हुन्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)