पूर्वसल्लाहकारको ‘जीवनशैली’ पुस्तक विमोचन गर्न पाल्पा पुगे मुख्यमन्त्री आचार्य
nepalpress.com · Fri Oct 16 06:57:10 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोच र जीवनदर्शनमा आधारित डा. रामबहादुर राउतद्वारा लिखित पुस्तक ‘जीवनशैली’ विमोचन गरेका छन् । राउत मुख्यमन्त्री आचार्यका पूर्व सल्लाहकार हुन् । प्रगतिशील लेखक सङ्घ नेपाल, पाल्पाको आयोजनामा शुक्रवार तानसेनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले सो पुस्तक विमोचन गरेका हुन ।
पुस्तकमा जीवनको अर्थ, अस्तित्व, सङ्घर्ष, सोच, व्यवहार र दृष्टिकोणलाई समेटिएको छ । सकारात्मक सोचको विकास गर्दै व्यक्तिको जीवनशैलीमा सुधार ल्याउन तथा समाजमा सकारात्मक परिवर्तनको वातावरण निर्माण गर्न पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)