टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना
hamrakura.com · Fri Oct 16 00:00:00 GMT 2026

सुर्खेत। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-९ मा रहेको एउटा अस्थायी टहरा। टहरामुनि राखिएका दुईटा प्लास्टिकका कुर्सी। घरबाहिर ढुङ्गाको थुप्रोमाथि राखिएका स्वर्गीय बुबा, आमा र दाजुका तस्बिर। न भव्य घर छ, न पर्याप्त बस्ने ठाउँ, न त सहज जीवनयापनका लागि आवश्यक सबै सुविधा। यही हो कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको जन्मघर।
मन्त्री बनेपछि पहिलो पटक जन्मघर फर्किएकी खड्कालाई स्वागत गर्न कुनै भव्य भवन तयार थिएन । बरु, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले भत्काएको घरका अवशेष र त्यसपछि बनाइएको अस्थायी टहराले उनको विगत र वर्तमान सम्झाइरहेका थिए । भूकम्पले घर पूर्ण रूपमा क्षति गरेपछि उनको परिवार अस्थायी आवासमा बस्न बाध्य भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)