आजदेखि ३५ जना निर्वाचित गर्ने खुला केन्द्रीय सदस्यको मतगणना, यसरी छ बहुप्रतिक्षित
hamrakura.com · Sat Dec 18 00:00:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना आजदेखि हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य (३५) जनाको मतगणना शुरु हुन लागेको हो ।
३५ जनाका लागि ९९ जना मैदानमा रहेका छन् । चर्चित अनुहार, पूर्व पदाधिकारीहरुदेखि लिएर नयाँ अनुहार यो समूहमा रहेकाले गणनाको बहुप्रतिक्षा भइरहेको छ । केन्द्रीय सदस्यको मतगणनामा सबैभन्दा बहुप्रतिक्षित समूह नै यही रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)