दर्ता नै नगरी पसल सञ्चालन, अनिवार्य मूल्यसूची राख्न निर्देशन
annapurnapost.com · Tue Jun 09 06:18:25 GMT 2026

नुवाकोट : वजारमा गुणस्तरहिन वस्तुको विक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा छड्के वजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा दर्ता नै नगरी पसल व्यवसाय सञ्चालन गरिएको पाइएको छ ।
संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका–९ कोलोनी बजारमा रहेको विभिन्न प्रकृतिका १६ वटा पसलहरुको एकै पटक सोमवार छड्के अनुगमन गरेको हो । होलसेल तथा खुद्रा सामग्री पसल, किराना पसल, तरकारी तथा मासु पसल, मार्टको अनुगमन गरेको हो । एकै दिन १६ वटा विभिन्न पसल व्यवसाय तथा कपडा र फर्निचर कारखानामा अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)