विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो
Ujyaaloonline.com · Sat Nov 11 00:40:22 GMT 2023
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हराएको छ ।
२ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका रस्सी भान डेर डुसेन ७६ रनमा र एन्डिले फेहलुकवायो ३९ रनमा अविजित रहे । क्विन्टन डी ककले ४१, एडेन माक्ररमले २५, डेभिड मिलरले २४ तथा कप्तान टेम्बा बाभुमाले २३ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)