घरेलु मैदानमा बंगलादेशविरुद्ध जित निकाल्ने नेपालको लक्ष्य
canadanepal.com · Fri Sep 05 17:19:36 GMT 2025
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले घरेलु मैदानमा २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ। नेपाली टिम घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न निकै उत्साहित छ। महिला टोली र क्लब स्तरको खेल भए पनि नेपाली राष्ट्रिय पुरुष टिमले भने २ वर्षपछि घरेलु मैदानमा उत्रिन लागेको हो।
शुक्रबार आयोजित प्री-म्याच प्रेस कन्फ्रेन्समा नेपालका प्रशिक्षक म्याट रोसले नेपाली टिम जितको लागि मैदानमा उत्रने बताए। ‘हामी जित्न तयार छौँ। जसका लागि खेलाडीहरू शतप्रतिशत तयार छन्। हामी घरेलु मैदानमा जित निकाल्न चाहन्छौँ,’ उनले भने। बंगलादेशको टिम बलियो भएकाले प्रतिस्पर्धात्मक खेल हुने प्रशिक्षक रोसको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)