साँघुरा गल्ली र ट्राफिक जाममा सहज उद्धारका लागि काठमाडौंमा बाइक एम्बुलेन्स
kalakarmi.com · Fri Oct 16 08:00:42 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई थप प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै शुक्रवारदेखि बाइक एम्बुलेन्स सेवा प्रारम्भ गरिएको जानकारी दिइन् । डंगोलका अनुसार महानगरपालिकाले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै महानगरवासीसहित काठमाडौंमा रहेका देशभरका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने प्रयास गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)