राष्ट्रपति उम्मेदवारकाे मनाेनयन दर्ताअघि कांग्रेसकाे कार्यसम्पादन समिति बैठक बस्दै
shilapatra.com · Sat Feb 25 00:40:00 GMT 2023
राष्ट्रपति उम्मेदवारकाे मनाेनयन दर्ता हुनुअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजेपछि बस्ने बैठकमा राष्ट्रपतिकाे उम्मेदवारसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बाेलाइएकाे छ । यही २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताकाे काम हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)