बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणले दियो दुई महिनाको समय
setopati.com · Tue Jan 09 01:17:00 GMT 2024
नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ। प्राधिकरणले मंगलबार सूचना निकाल्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको हो।
‘नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति पुुस १६ को बैठकबाट भएको निर्णय बमोजिम प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)