यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ratopati.com · Fri Oct 16 08:19:01 GMT 2026

काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले यस्तो जानकारी दिएका हुन्।
बैठकले आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)