कान्तिमा बालिका मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न सांसदहरूको माग, सभामुखको रुलिङ
nayapatrikadaily.com · Fri Sep 08 00:13:00 GMT 2023
सांसदहरूले कान्ति बाल अस्पतालमा उपचार नपाएर पाँच वर्षीया बालिका रेजिशा गोपालीको ज्यान गएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
लगातारको बान्ता र ज्वरोले थलिएकी रेजिशालाई गत सोमबार आमा र हजुरबुबाले उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याएका थिए । तर, दुई घन्टासम्म पनि उपचार नपाउँदा अबोध बालिकाले अकालमै प्राण त्यागेकी थिइन् । यसबारे बुधबारको नयाँ पत्रिकामा प्रमुख समाचार प्रकाशित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)