मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैङ्कद्वारा एमबीएल एम-स्मार्टमार्फत नेपाल–भारत–नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन

hamrakura.com · Tue Jun 09 00:00:00 GMT 2026

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो मोबाइल बैङ्किङ एप्लिकेसन एमबीएल एम-स्मार्टमार्फत नेपाल–भारत नेपाल रियल टाइम क्रस बोर्डर ट्रान्स्फर सेवा सञ्चालनमा ल्याएको छ। यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति (पीटूपी) रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा बैङ्कले गरेको छ।

यस सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकहरूले भारतमा उपलब्ध यूपीआई सँग सम्बन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूको सहज रूपमा बैङ्क खातामा रकम पठाउन सक्नेछन् र उक्त रकम लाभग्राहीको खातामा तत्कालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)