मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोला पैनीमा तर्काएर घरै घर

annapurnapost.com · Fri Nov 12 06:49:00 GMT 2021

झापा : झापाको व्यापारिक सहर बिर्तामोडस्थित अदुवा खोला ५७ वर्षअघिसम्म निस्फिक्री आफ्नै बाटोमा बहन्थ्यो। पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै २०२१ सालको नापीमार्फत भूमाफियाले अतिक्रमण गर्न थाले। २०२७ सालदेखि खोलालाई पैनीतिर तर्काएर घर बनाउने क्रम बढेको जानकार बताउँछन्। त्यही कारण बिर्तामोडवासीलाई बर्सेनि बाढीले दुःख थालेको छ।

‘खोलाको चौडाइ पहिले ६० फिटभन्दा धेरै थियो। अहिले धेरै स्थानमा मुस्किलले १० फिटमा बग्छ’, पुराना बासिन्दा ७८ वर्षीय गोपालकुमार बस्नेत भन्छन्। बिर्तामोड सहर बढ्दै अर्जुनधारा नगरपालिका क्षेत्रसम्म पुगेको छ। खोला अर्जुनधारा हुँदै आउँछ। त्यहाँ पनि अत्यधिक अतिक्रमणमा परेको स्थानीयवासी बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)