गहुँ बालीको समर्थन मूल्य ४ हजार १०७ रुपियाँ
gorkhapatraonline.com · Fri Oct 16 08:43:26 GMT 2026

सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले गहुँको प्रतिक्विन्टल मूल्य ४ हजार १०७ रुपियाँ तोक्ने निर्णय गरेको हो ।
त्यसैगरी बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा १ र २ लाई एवम् २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङ जिल्लाका थप दुईवटा स्थानीय तह गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई तीन महिनाको अवधिको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)