मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल समूहबिनै अघि बढे ओली : एमाले एकता प्रयास धरापमा

ekantipur.com · Tue Aug 10 01:12:16 GMT 2021

काठमाडौँ — संस्थापन पक्षले पार्टी संगठनमा व्यापक हेरफेर हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेपछि एमाले एकताको प्रयास ‘धराप’ मा परेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गराएर वरिष्ठ नेता माधवकुमार नेपालबिनै पार्टी चलाउने संकेत गरेका छन् ।

भदौ २७ र २८ का लागि तय भएको विधान महाधिवेशनमा पेस गर्न तयार गरिएको विधान संशोधन मस्यौदामा अहिलेको संरचनामा व्यापक हेरफेर गरिएको छ । यसमा नेपाल समूहले असन्तुष्टि जनाएको छ । नेपाल समूहले एकताका लागि विधान महाधिवेशन र सदस्यता नवीकरण रोक्नुपर्ने सर्त राखेको थियो । पार्टीको पछिल्लो कदमले एकतालाई थप जटिल बनाएको नेपाल समूहका नेताहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)