निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि बाटो खुल्यो
clickmandu.com · Fri Oct 16 08:48:19 GMT 2026

काठमाडौं । विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्न आशयपत्र (एलओआई) जारी गर्ने निर्णय गरेसँगै अब निजी क्षेत्रलाई पनि विद्युत् बजार खोज्न र व्यापार गर्न बाटो खुलेको हो ।
मन्त्री श्रेष्ठको यस निर्णयलाई निजी लगानीको दायरा फराकिलो बनाउने तथा नेपालको ऊर्जा क्षेत्रको संरचनात्मक सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)