मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय जनप्रतिनिधिलाई ‘छोटो बुद्धि’ भनेपछि महावीर पुन र पूर्वमन्त्री रेशम जुग्जालीबिच चर्काचर्की

ratopati.com · Fri Oct 16 08:59:33 GMT 2026

पोखरा। अविरल वर्षापछि म्याग्दीमा आएको बाढीपहिरोको अवलोकन गर्न पुगेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीबिच चर्काचर्की भएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत ढुवानी गर्ने विषयलाई लिएर उनीहरूबिच विवाद भएको हो।

राहत वितरणमा असन्तुष्टि जनाउने स्थानीय जनप्रतिनिधिलाई पुनले ‘छोटो बुद्धि’ भएको भनी टिप्पणी गरेपछि जुग्जालीले प्रतिवाद गरे। छलफलका क्रममा पूर्वमन्त्री जुग्जालीले विपद्का बेला रातदिन खटिने जनप्रतिनिधिलाई अपमान गरिएको भन्दै पुनलाई आफ्नो अभिव्यक्ति सच्याउन माग गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)