मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शोक परेका रोनाल्डोलाई समर्थकको सम्मान, एनफिल्डमा खेलको सातौं मिनेटमा जब ताली गुञ्जियो...

pahilopost.com · Tue Apr 19 23:48:28 GMT 2022

इङ्ग्लिस प्रिमियर लिगमा गएराति लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच खेल थियो। लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको सातौं मिनेटमा खेल हेर्न पुगेका दुबै टिमका समर्थकहरुको तालि बजाउँदै शोक परेका क्रिस्टियानो रोनाल्डोको पुत्रशोक प्रति श्रद्धाञ्जली दर्शाए। जर्सी नम्बर ७ का युनाइटेडका पोर्चुगिच स्ट्राइकर रोनाल्डो अघिल्लो दिनमात्र छोराको शोकमा परेका थिए। समर्थकहरुले तालि बजाउँदै लिभरपुलको 'यू विल नेभर वाक अलोन' गाएका थिए। दुबै टीमका खेलाडीले कालो आम ब्यान्ड लगाएका थिए।

उक्त खेल भने घरेलु टोली लिभरपुलले आफ्नो पक्षमा पारेको थियो। खेलको पाँचौं मिनेटमै लुइस डायजको गोलमा अग्रता बनाएको लिभरपुलका लागि मोहम्मद सलाहले २२ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा लिभरपुल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा डायजको पासमा साडियो मानेले अर्को गोल थपे। उनले खेलको ६८ औं मिनेटमा गोल गर्दा ८५ औं मिनेटमा फेरि सलाहले डिएगो जोटाको पासमा गोल गरे। र, ४-० को फराकिलो अन्तरले लिभरपुलले खेल आफ्नो पक्षमा पार्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)