दशैंमा इन्धन अभाव हुन नदिन आयल निगमका डिपो खुला रहने
corporatenepal.com · Fri Oct 16 09:06:22 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति नियमित राख्न आफ्ना प्रादेशिक तथा शाखा कार्यालय र डिपोहरू खुला राख्ने भएको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला उपभोक्तालाई पेट्रोल, डिजेल, एलपी ग्यासलगायतका इन्धनको अभाव हुन नदिन आवश्यकताअनुसार कार्यालय तथा डिपो सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।
स्थानीय बजारको माग र आवश्यकतालाई ध्यानमा राखेर बिदाका दिनमा समेत इन्धन वितरणको व्यवस्था मिलाइने निगमले जनाएको छ । यसबाट दसैँको समयमा इन्धन आपूर्ति सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)