मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पाल्पामा ब्लड बैङ्क सञ्चालन

ratopati.com · Fri Sep 05 18:36:00 GMT 2025

पाल्पा। जिल्लाको तानसेनमा ब्लड बैङ्क सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो ब्लड बैङ्क, हामी बनाउँछौँ’ भन्ने अभियान सुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैङ्क सञ्चालनमा ल्याएको हो ।

चार ठुला अस्पतालसहित एउटा डायलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले तानसेनमा ब्लड बैङ्क सञ्चालनमा ल्याइएको शाखाका सभापति बाबुराम कार्कीले बताए । उनले भने, “यहाँ हुने रगत अभावको समस्यालाई समाधान गर्न रगत बैङ्क महत्त्वपूर्ण मानिएको छ । विगतमा रगत अभावका कारण आकस्मिक अवस्थाका बिरामी र परिवारलाई कठिनाइ व्यहोर्नु परेको थियो । आगामी दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)