मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ मन्त्रीले दिए राजीनामा

sutranews.com · Fri Oct 16 09:20:00 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन् ।मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई उनीहरुले राजीनामा बुझाएका हुन् । एमालेबाट सरकारमा सहभागी भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले मुख्यमन्त्री यादवसमक्ष आआफ्नो राजीनामा पत्र बुझाएका हुन् । योसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)